१९ माघ, २०८१ शनिबार

05:41:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विपतका कारण १०७ जनाको मृत्यु, ६५ करोडभन्दा बढिको क्षति (पूर्णपाठसहित)

Nepal Business

२० असार, २०७९

करिब तीन महिनाको अवधिमा विपतका कारण ६५ करोड ५७ लाख १४ हजार ५६० रुपैयाँको (अनुमानित) क्षति

विपतका कारण १०७ जनाको मृत्यु, ६५ करोडभन्दा बढिको क्षति  (पूर्णपाठसहित)

काठमाण्डौं । करिव तीन महिनामा विपदका कारण १०७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार वैशाख १ गतेदेखि असार २० गतेसम्म विपदका कारण १०७ जनाको मृत्यु भएको हो । 

यस अवधिमा १ जना वेपत्ता, २ सय २२ जना घाईते र १ हजार २ सय ५३ परिवार प्रभावित भएका छन ।

यस्तै करिब तीन महिनाको अवधिमा विपतका कारण ६५ करोड ५७ लाख १४ हजार  ५६० रुपैयाँको (अनुमानित) क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । 

यसैगरी प्राधिकरणका अनुसार करिब तीन महिनामा विपतका ९७२ घटना भएका छन् । पहिलोका ६९, बाढी १६, भारी बर्षा ४७, चट्याङ् १०७, अगलागी ५२९, जङ्गल आगलागी ५३, हावाहुरी ९२, जनावर आतंक ४८, भूकम्प १ र डुङ्गा पल्टेर १ घटना भएका छन् ।