१७ मंसिर, २०८२ मंगलबार
05:33:31 AM
२० असार, २०७९
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा भएका अनियमितताको विषयमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्नुभएको छ ।
सोमबारको प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै ओलीले बिचौलिया राखेर बजेट बनाउने काम भएको आरोप लगाउँदै सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति बनाउने पर्ने माग गर्नुभएको हो ।
उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउबा चुप लागेर बस्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार यस्तो गम्भीर आरोप लागि सकेपछि प्रधानमन्त्री जवाफदेही हुनुपर्छ । ‘देश बबार्द होस् गठबन्धन जोगाउनु पर्छ भन्ने तपाईंको धारणा हो’, ओलीले प्रधानमन्त्री देउबालाई प्रश्न गर्दै भन्नुभयो, ‘राष्ट्रको अर्थतन्त्र ध्वस्त बनाउने खुल्ला तमाशा हुँदा समेत प्रधानमन्त्री चुप लाग्न मिल्छ ?’
नेकपा एमालेका सांसदहरुले प्रतिनिधी सभाको बैठकमा सिसिटिभीको फुटेज देखाउन माग गर्दा समेत अर्थमन्त्री जनार्दन शर्माले फुटेज नदेखाएको भन्दै ओलीले आक्रोश व्यक्त गर्नुभयो ।