१० मंसिर, २०८१ सोमबार

06:24:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मन्त्रीपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूकोे आजै शपथग्रहण हुने

२० असार, २०७९

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मन्त्रीपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूकोे आजै शपथग्रहण हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको आज (सोमबार) अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ ।