२५ बैशाख, २०८१ मंगलबार

08:52:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अफ सिजनका कारण नेपाल भित्रिने पर्यटकको संख्या घट्यो

Nepal Business

२० असार, २०७९

अफ सिजनका कारण नेपाल भित्रिने पर्यटकको संख्या घट्यो

काठमाण्डौं । नेपालमा केहि समययता विदेशी पर्यटक आउने संख्या घट्दै गएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए ।
मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा जुन  महिना ४ हजार ७४० पर्यटक कम भित्रिएका हुन् । 

सन् २०२२ को जनवरीदेखि निरन्तर रुपमा बढेको पर्यटकहरुको संख्या मे महिना यता घटेको अध्यागमन विभागले जनाएको छ । मे महिनाको तुलनामा जुन महिनामा पनि पर्यटक आउने क्रम घटेको छ । गत जुन महिनामा ४८ हजार ९५७ जना पर्यटन नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा ६ हजार ६५१ कम हो । 

अध्यागमन विभागका अनुसार अहिले पर्यटक आवागमनको सिजन नभएकोले पनि पर्यटक आउने क्रम कम रहेको छ । उनका अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए ।

दोस्रो महिना अर्थात फेब्रअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरीको तुलनामा फेब्रुरुअरीमा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए । 

यस्तै  सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । यस महिना  भारतबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका छन ।