२१ बैशाख, २०८१ शुक्रबार

02:00:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा नेपालमा ६४ करोड ८७ लाख रुपैयाँको सुकमेल आयात

२० असार, २०७९

अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागले जनाएको छ ।

११ महिनामा नेपालमा ६४ करोड ८७ लाख रुपैयाँको सुकमेल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट उक्त मूल्य बराबरको सुकमेल नेपाल आयात गरेको हो । उक्त समयअवधिमा नेपालले ४ लाख १५ हजार ७४८ केजी सुकमेल आयात गरेको विभागले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ ।

नेपालले चालु आर्थिक वर्षमा दुई वटा देश भारत र मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाबाट मात्र सुकमेल आयात गरेको छ । गत ११ महिनामा ग्वाटेमालाबाट नेपालले ३९ करोड १० लाख २८ हजार रुपैयाँको २ लाख ५० हजार केजी सुकमेल आयात गरेको छ। यस्तै, सोही अवपधमा भारतबाट नेपालले २५ करोड ७७ लाख ६४ हजार रुपैयाँको १ लाख ६५ हजार ७४८ केजी सुकमेल आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागले जनाएको छ ।