१५ बैशाख, २०८१ शनिबार

10:37:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्न दूरसंचार प्राधिकरणको चेतावनी, प्रयोग गरेमा कानूनी कारवाही हुने

Nepal Business

२० असार, २०७९

स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्न दूरसंचार प्राधिकरणको चेतावनी, प्रयोग गरेमा कानूनी कारवाही हुने

काठमाण्डौं । नेपाल दूरसंचार प्राधिकरणले स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्न चेतावनी दिएको छ। प्राधिकरणले एक सूचना जारी गर्दैे आफ्नो स्वीकृति बेगर फ्रिक्वेन्सी प्रयोग नगर्न चेतावनी दिएको हो । 
प्राधिकरणले व्यक्ति तथा संस्थाहरुले दूरसंचार सेवामा प्रयोग हुने एल ६ गिगाहर्ज (५.९२५ गिगाहर्जदेखि ६.४२५ गिगाहर्ज) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्राधिकरणको स्वीकृति बेगर प्रयोग गर्न सकिने बुझाइ रहेको भन्दै त्यसरी प्रयोग नगर्न आग्रह गरेको छ । 

सूचनामा लेखिएको छ, ‘अनुमति प्राप्त नगरी अनधिकृत रुपमा दूरसंचार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा दूरसंचार ऐन, २०५३ बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ। प्राधिकरणबाट अनुमति नलई गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई जानकारी भएमा प्राधिकरणलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।’