१९ माघ, २०८१ शनिबार

05:47:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडक बोर्ड नेपालको कार्यकारी पदका लागि ५ जना छनोट, को–को परे ?

Nepal Business

२० असार, २०७९

सडक बोर्ड नेपालको कार्यकारी पदका लागि ५ जना छनोट, को–को परे ?

काठमाण्डौं । सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि ५ जना छनोटमा परेका छन् । सो पदका लागि धेरैको आवेदन परेको थियो । 

गत शुक्रबार बसेको सडक बोर्ड, नेपाल कार्य समितिको बैठकले आवेदकमध्ये ५ जनालाई योग्य ठहर गर्दै अन्तिम सूची तयार पारेको हो।

योग्य उम्मेदवारको छनोट  सूचीमा अनिलराज पौडेल, कृष्णसिंह बस्नेत, गणेशबहादुर कार्की, श्रद्धा भण्डारी र चेतना थापा पर्नुभएको छ । बोर्डले यी ५ मध्येबाट एक जनालाई कार्यकारी निर्देशकका रुपमा छनोट गर्नेछ।

बोर्डले गत चैत १७ गते कार्यकारी निर्देशकको रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको थियो।