१६ बैशाख, २०८१ आइतबार

05:37:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थ मन्त्रालयले भन्यो : जेठ १४ गते रातीको सीसीटीभी फुटेज डिलिट भयो

Nepal Business

१९ असार, २०७९

फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी अर्थले गरेको छ ।

अर्थ मन्त्रालयले भन्यो : जेठ १४ गते रातीको सीसीटीभी फुटेज डिलिट भयो

काठमाडौँ,
अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जानकारी गराएको छ । 

यस सम्बन्धमा सूचना माग गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई आइतबार पत्र पठाउँदै अर्थ मन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाएको हो ।

यस सम्बन्धमा सूचना माग गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई आइतबार पत्र पठाउँदै अर्थ मन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाएको हो ।

फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी अर्थले गरेको छ । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेलले गत वर्ष प्रतिस्थापन बजेट आउनु अघिल्लो दिन भदौ २४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यो वर्षको जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेजको माग गरेर असार १४ गते निवेदन दिएका थिए ।

अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राती मन्त्रालयमा बोलाएर आफ्नो तर्फबाट भन्दै करका दर परिवर्तन गराएको आरोप लाग्दै आएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिन सम्मको मात्रै सेभ हुने र त्यसपछि हट्दै जाने दाबी गरेर पत्रको उत्तर पठाएको भन्दै कानुनी लडाई जारी रहेको बताएका छन् ।