२० बैशाख, २०८१ बिहिबार

08:46:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयआर्जनमा सघाउन विपन्न दलित महिलालाई बाख्रा

Nepal Business

१९ असार, २०७९

बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो ।

आयआर्जनमा सघाउन विपन्न दलित महिलालाई बाख्रा

कञ्चनपुर, 
आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आइतबार निःशुल्क बाख्रा वितरण गरेको छ ।

वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८र७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ ।

“वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ ।

“वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ ।

वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाईने उहाँले बताउनुभयो ।

बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो ।