२१ बैशाख, २०८१ शुक्रबार

09:55:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक

Nepal Business

१९ असार, २०७९

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक

काठमाण्डौं । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक भएको छ । 

आइतबार विज्ञानपन बोर्डद्वारा आयोजित कार्यक्रममा बोल्दै विज्ञानपन बोर्डका अध्यक्ष लक्ष्मण हुमगाईंले सबैले सहयोग गरेर नै आज विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक भएको बताउनुभयो । 

उहाँले कानुन भएको विषयलाई पनि आफूहरुले आचारसंहितामा समेटेका र  विज्ञापन नीति विश्व विज्ञापन बजारमा भन्दा धेरै फरक रहको बताउनुभयो । 

उहाँका अनुसार लामो समयको अध्ययन र छलफलबाट नै यो आचारसंहिता आएको हो । उहाँले भन्नुभयो, ‘यसभन्दा अघि विज्ञापनमा पनि विकृति र विसङ्गति रहेछ । अब त्यो हट्ने छ । अब विज्ञापन बजारमा पारदर्शिता हुन्छ ।’

उहाँले विज्ञापनले कसैको संस्कृति, संस्कार र परम्परा माथि प्रहार गर्न नहुने समेत बताउनुभयो । 

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण र प्रकाशन सम्बन्धी आचारसंहिता देखिने गरी लागू हुनुपर्ने बताउनुभएको हो ।  विज्ञानपन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अब आजकै दिनदेखि यसलाई लागु गर्नुपर्ने बताउनुभयो । 

उहाँका अनुसार आचारसंहिता लागु गदा केही समस्या आयो भने त्यो समस्या समाधान गर्न आफू तयार छु ।