१९ माघ, २०८१ शनिबार
05:23:56 PM
१९ असार, २०७९
काठमाण्डौं । काठमाण्डौंको बालुवाटारमा मकै बिक्रि गर्ने क्रममा काठमाण्डौं महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गर्नुभएको छ ।
सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेलसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
नगरपालीकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताउनुभयो । उहाँले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिनुभयो ।
यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।