२२ फागुन, २०८१ बिहिबार

07:58:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डलरको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१९ असार, २०७९

डलरको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । साताको पहिलो दिन आइतबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र बिक्री दर १२६.७८ पैसा तोकेको छ । 

यस्तै युरो १ को खरिददर १३१.९० पैसा  र बिक्रीदर १३२.५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५.७६ पैसा र बिक्रीदर ८६.१७ पैसा रहेको छ ।
जापानी येन १० को ९.३२ पैसा रहेको छ । बिक्रीदर ९.३७ पैसा रहेको छ ।

यस्तै चइनिज युआन १ को १८.८३ पैसा बिक्रीदर १८.९२ पैसा रहेको छ । कतार रियाल १ को ३४.४६ पैसा रहेको छ । बिक्रीदर ३४.६२ पैसा रहेको छ । 

साउदी अरब रियाल १ को खरिददर ३३.६३ र बिक्रीदर ३३.७९ पैसा रहेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।