२६ बैशाख, २०८१ बुधबार

01:53:31 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटनलाई पुनरुत्थानका लागि विशेष राहत प्याकेज ल्याउन पोखरेली व्यवसायीको राष्ट्रबैँकसँग माग

Nepal Business

१८ असार, २०७९

संघका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव राख्नुभएको थियो ।

पर्यटनलाई पुनरुत्थानका लागि विशेष राहत प्याकेज ल्याउन पोखरेली व्यवसायीको राष्ट्रबैँकसँग माग

पोखरा, 
कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहातका कार्यक्रम ल्याउन होटल संघ पोखरा नेपालले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

केही हप्तापछि सार्वजनिक हुन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई सुझाव प्रदान गर्न संघले शनिबार पोखरामा उद्योगी व्यवसायीसहित एक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको थियो। 

सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव राख्नुभएको थियो ।

गत जेठ १५ मा प्रस्तुत बजेटले पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न नसकेको भन्दै सुवेदीले मौद्रिक नीतिले तिनलाई समेट्नेमा आफूहरु आसावादी रहेको बताए। कोभिड १९ का कारण ३० प्रतिशत व्यवसायी तथा ठूलो संख्यामा कर्मचारी र मजदूर पलायन भएको पनि उहाँले जानकारी दिनुभयो ।