१७ बैशाख, २०८१ सोमबार

06:11:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय : महाप्रबन्धक ज्वारचन

Nepal Business

१७ असार, २०७९

निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गर्नुभयो ।

बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय : महाप्रबन्धक ज्वारचन

काठमाडौँ,

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले प्रतिस्पर्धी हवाई बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न सक्रिय ढङ्गले लागिपरेको जनाएको छ ।

उहाँँले नयाँ काम थाल्नेतिरभन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नेतिर निगमले प्रयास थालेको बताउनुभयो । भविष्यमा निगमका हितमा हुने कार्यनीति र कार्यक्रम थालिने उहाँको भनाइ छ ।

निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गर्नुभयो । 

निगम स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा  शुक्रबार नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले निगमका अगाडि प्रशस्त चुनौती रहे तापनि सामूहिक प्रयासका माध्यमले सफलतातिर लैजान सकिने विश्वास व्यक्त गर्नुभयो । 

“संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठा बढाउनेतर्फ निगमको प्रयास रहनेछ तर त्यसमा एक्लो व्यक्तिको प्रयासमात्र पर्याप्त नहुने भएकाले निगमका समस्त कर्मचारीको सहयोगको अपेक्षा गरेको छु । निगमको बजार हिस्सा बढाउन प्रयास गरौँ”, महाप्रबन्धक ज्वारचनले भन्नुभयो ।

उहाँँले नयाँ काम थाल्नेतिरभन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नेतिर निगमले प्रयास थालेको बताउनुभयो । भविष्यमा निगमका हितमा हुने कार्यनीति र कार्यक्रम थालिने उहाँको भनाइ छ ।

 महाप्रबन्धक ज्वारचनले निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गर्नुभयो ।