४ जेठ, २०८१ शुक्रबार

10:57:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कति सुन नियन्त्रणमा लियो ?

२५ पुस, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कति सुन नियन्त्रणमा लियो ?

काठमाण्डौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा करिब डेढ महिनाको अवधिमा १ सय ५५ किलो ४९ ग्राम सुन नियन्त्रण लिइएको छ । मंसिर १३ देखि पुस २४ गतेसम्ममा सो परिमाणमा सुन नियन्त्रणमा लिइएको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिनुभएको हो ।

उँहाका अनुसार विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले सो परिमाणको सुन ३ हजार ५२० यात्रुबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सुनको प्रचलित बजार मूल्य १ अर्ब २२ करोड रहेको छ । नियन्त्रणमा लिइएको सुनमध्ये १५४ किलो ४१५ ग्रामको राजस्व १४ करोड ७० लाख असुली गरिएको छ ।

नियन्त्रणमा लिइएकामध्ये ३ हजार ४५४ जना यात्रुले राजस्व भुक्तानी गरेर सुन लिएका हुन् । पछिल्लो समय सरकारले सुन तस्करीलाई नियन्त्रण गर्न विदेशबाट आउने यात्रुले ५० ग्राम मात्र सुन राजस्व छुटमा ल्याउन पाउने नियम लागू गरेको छ ।