१९ माघ, २०८१ शनिबार
05:30:47 PM
१७ असार, २०७९
अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिनुभयो ।
बर्दिेया,
बर्दियाको गुलरिया नगरपालिका–३ स्थित भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ ।
बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।
बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।
उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिनुभयो ।
गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताउनुभयो । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।