१९ माघ, २०८१ शनिबार

05:43:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ५० जनामा कोरोना संक्रमण पुष्टि, १८ संक्रमणमुक्त

१७ असार, २०७९

थप ५० जनामा कोरोना संक्रमण पुष्टि, १८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कसैको पनि मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।