२० बैशाख, २०८१ बिहिबार

07:21:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्ने

Nepal Business

१६ असार, २०७९

मुख्यमन्त्री राईले राष्ट्रियताका लागि मुलुक आर्थिकरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गरी सरकार अगाडि बढ्ने धारणा राख्नुभयो ।

निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्ने

प्रदेश नं १,

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको विहिबार उद्घाटन कार्यक्रममा उहाँले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको विहिबार उद्घाटन कार्यक्रममा उहाँले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले राष्ट्रियताका लागि मुलुक आर्थिकरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गरी सरकार अगाडि बढ्ने धारणा राख्नुभयो । 

उहाँले उत्पादन, पूँजी विकास र राजस्व सङ्कलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै वर्तमान अवस्थामा राज्यले शासक नभई व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको र मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका वृद्धि भइरहेको बताउनुभयो ।

मुलुकको तीनखम्बे अर्थतन्त्रमा निजी क्षेत्रलाई साझेदारीका रूपमा राखिएको चर्चा गर्दै उहाँले सरकारले ऐन कानूनमा सहजता, शान्तिसुरक्षा र पूर्वाधार उपलब्धताले लगानीमैत्री वातावरण भएकाले उद्योगीलाई लगानी गर्न आग्रह गर्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सङ्घीयतालाई संस्थागत गर्न उत्तरदायी भएर परिवर्तनकारी सङ्घीय र प्रदेशको बजेट आएको छ भन्दै यसमा निजी क्षेत्रको अधिकांश सुझाव समेटिएको र सहज स्वीकार्य भएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले संसद्मा विचाराधीन बजेटका सम्बन्धमा उद्यमीको आन्दोलन गैरजिम्मेवारीपूर्ण रहेको चर्चा गर्दै महँगो विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएको र गरागराबाट चोरी तस्करी हुने कार्यलाई नियन्त्रण गर्न चकलेटमा भन्सार कम गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विप्रेषण र राजस्वका आधारमा मुलुक दिगोरूपमा सञ्चालन हुन नसक्ने बताउँदै स्वदेशी कच्चापदार्थ प्रयोग हुने उत्पादनशील उद्योगलाई आवश्यक सहयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रदेश सरकारले वाणिज्य पूर्वाधार लगानीले यस क्षेत्रमा निजी क्षेत्रलाई उद्योग व्यापार स्थापनामा सहयोग पुगेको विचार राख्नुभयो ।