६ जेठ, २०८१ आइतबार

01:32:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलको काम ९८.७५ प्रतिशत सम्पन्न, कुल लागतको ७८ प्रतिशत खर्च

२५ पुस, २०७८

गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलको काम ९८.७५ प्रतिशत सम्पन्न, कुल लागतको  ७८ प्रतिशत खर्च

काठमाण्डौं

राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अतराष्ट्रिय विमान स्थलको भौतिक काम सम्पन्न भएको छ । विमान स्थलको भौतिक काम ९८.७५ प्रतिशत सकिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । 

उँहाका अनुसार विमानस्थलमा रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्यान्डलिङ सिस्टम, एक्सरेलगायत आवश्यक उपकरणहरू जडान भइसकेको छ। अब सरसफाइको काम मात्र बाँकी रहेको उँहाले बताउनुभयो ।

लामो समयपछि अन्तिम चरणमा पुगेको विमान स्थलको काममा कुल लागतको ५ अर्ब ३१ करोड ९६ लाख (७८ प्रतिशत) रकम खर्च भएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । आयोजनाको कुल लागत  ६ अर्ब ८२ करोड रुपैयाँमा रहेको उहाँले बताउनुभयो ।

गौतम बुद्ध अन्तिराष्ट्रिय विमान स्थलको शिलन्यास सन् २०१५ जनवरी १५ मा तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले गर्नुभएको हो । सो आयोजना निर्माण सुरु भएको मितिदेखि डिसेम्बर २०१७ सम्म सकिनुपर्ने थियो । तर सकिएन । त्यसपछि पहिलो पटक म्याद थपेर १५ जुन २०१८ सम्मलाई लम्ब्याइयो । यस समयसम्म पनि सम्पन्न भएन । फेरी दोस्रो पटक २८ जुन २०१९ सम्मका लागि म्याद थपियो । दोस्रो पटकसम्म पनि म्याद थप गर्दा काम सम्पन्न नभएपछि तेस्रो पटक डिसेम्बर २०१९ सम्म कायम गरिएको थियो । कोरोना महामारी लगायतका कारणले धकेलिएको विमान स्थलको काम अन्तिम चरणमा पुगेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार श्रोत्रीले विमानस्थलमा चाँडै क्यालिब्रेसन फ्लाइट गरेर वैशाखदेखि उडान सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो । 
उँहाका अनुसार प्राधिकरणले पहिले नै क्यालिब्रेसन फ्लाइट गर्न खाजेको तर विभिन्न कारणले रोकिएको थियो । तर  आफूहरुले क्यालिब्रेसन फ्लाइट छिटोभन्दा छिटो गर्न प्रयास गरिरहेको बताउनुभयो ।

यहि पुस १६ गते प्राधिकरणको २३ औँ वार्षिकोत्सव कार्यक्रममा पर्यटन मन्त्री प्रमेबहादुर आलेले वैशाखसम्म विमानस्थल सञ्चालनमा आउने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो।