२० बैशाख, २०८१ बिहिबार

08:37:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात

१६ असार, २०७९

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको मास्क आयात हुँदा सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा मास्कको आयात घटेको छ । चालु आर्थिक वर्षको ११ महिना (साउन देखिजेठ) सम्मको अवधिमा मात्रै नेपालमा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको मास्क आयात हुँदा सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गत वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक बर्षमा मास्क आयात कम भएको हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क नेपालमा आयात भएको थियो । 

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । १ अर्ब २२ करोड ७० लाखभन्दा बढी मास्कमा मात्रै नेपालको व्यापार घाटा रहेको छ । 

गत वर्ष सोहीअवधिमा नेपालबाट ४ करोड २१ लाख मूल्यको ११ लाख ९१ हजार मास्क निर्यात भएको थियो । कोरोना महामारी सुरु भएपछि नेपालमा मास्कको आयात धेरै बढेको थियो । 

नेपालमै पनि मास्क उत्पादन हुन थाले पनि विदेशबाट हुने मास्क आयात अपेक्षा अनुसार घट्न नसकेको भन्सार विभागले जनाएको छ । नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ ।