१९ माघ, २०८१ शनिबार
05:31:00 PM
१६ असार, २०७९
नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ।
काठमाडौं । डलरको भाउ निरन्तर बढ्दै गहिरहेको छ । निरन्तर बढ्दो क्रममा रहेको डलरको भाउले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ६५ पैसा खर्च गर्नु पर्ने भएको छ।
बुधबार अमेरिक डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा थियो। पछिल्लो केहि दिन यता डलरको भाउ निरन्तर बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ।