१९ माघ, २०८१ शनिबार
05:30:32 PM
१६ असार, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो (बुधबार) सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज (बिहीबार) चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २४० रुपैयाँमा किनबेच भएको थियो।