२० बैशाख, २०८१ बिहिबार

01:52:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपतिको आग्रह

Nepal Business

१५ असार, २०७९

राष्ट्रिय धान दिवसका सन्दर्भमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तक्र्रिया

कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । उहाँले  उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य पूरा आग्रह गर्नुभएको हो । 

  “सम्मानित कृषि व्यवसाय र आत्मविश्वासले भरिएका किसानको मेहनतबाट मात्र हामीले यी चुनौतीको सामना गर्न सक्दछौँ । हामीले मुलुकको समग्र कृषि प्रणाली, खाद्य सुरक्षाको अवस्था, उत्पादकत्व वृद्धि, कृषिमा आधारित पेशा र व्यवसायको मर्यादा वृद्धि एवं किसानका समस्याको समाधान गर्ने विषयमा सार्थक छलफल गर्नु सान्दर्भिक हुन्छ

राष्ट्रिय धान दिवसका सन्दर्भमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तक्र्रियामा राष्ट्रपति भण्डारीले वर्तमान समयमा हाम्रासामु एकातिर खाद्य वस्तुको बढ्दो आयातका कारण कृषि क्षेत्रको र समग्र मुलुकको व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ भने अर्कोतिर मुलुकको सम्पूर्ण जनसङ्ख्याका लागि खाद्यसुरक्षा, पौष्टिक आहार र स्वस्थ जीवन सुनिश्चित गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो ।

  “सम्मानित कृषि व्यवसाय र आत्मविश्वासले भरिएका किसानको मेहनतबाट मात्र हामीले यी चुनौतीको सामना गर्न सक्दछौँ । हामीले मुलुकको समग्र कृषि प्रणाली, खाद्य सुरक्षाको अवस्था, उत्पादकत्व वृद्धि, कृषिमा आधारित पेशा र व्यवसायको मर्यादा वृद्धि एवं किसानका समस्याको समाधान गर्ने विषयमा सार्थक छलफल गर्नु सान्दर्भिक हुन्छ”, उहाँले भन्नुभयो, “धान, चामल माथिको हाम्रो निर्भरतालाई कम गर्न बाली विविधीकरण गरी किसानले फलाउने मकै, गहुँ, कोदो, फापर, चिनो, कागुनो र जुनेलो जस्ता रैथाने बालीको प्रवद्र्धन गर्नु पनि धान दिवसको उद्देश्य भित्रै पर्दछ भन्ने मलाई लाग्दछ ।”