६ जेठ, २०८१ आइतबार

12:52:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ करोड ६८ लाखमा गाउँपालिका भवन निर्माण

२५ पुस, २०७८

१ करोड ६८ लाखमा गाउँपालिका भवन निर्माण


पुस २५, म्याग्दी
म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा गाउँपालिकाको भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । 

 चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनु भयो । १ करोड ६८ लाखको लागतमा भवन निर्माण भएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत २६ लाख ५७ हजार विनियोजन गरेको थियो । बाँकी बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको सुवेदीले बताउनु भयो । 

हाल माथिल्लो तलामा २०० जना अटाउने सभाहल निर्माण भइरहेको छ । भवन र सभाहल ठेक्कामार्फत ७६ लाख तथा उपभोक्ता समितिमार्फत ५३ लाखमा निर्माण अघि बढेको थियो । त्यसअघि गाउँपालिकालले सेवा प्रवाहका लागि ६ घर भाडामा लिएर मासिक  ८५ हजार भाडा तिर्दै आएको थियो । अब मासिक ५० हजार घरभाडा बराबरको रकम जोगिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।  
रासस