१० मंसिर, २०८१ सोमबार
06:34:38 AM
१५ असार, २०७९
बैठकले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय भएको जानकारी दिनुभएको हो ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले विभूषणको बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय भएको समेत जानकारी दिनुभयो । त्यस्तै बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय समेत गरेको छ ।
सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०८९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।