१५ बैशाख, २०८१ शनिबार

07:48:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

१५ असार, २०७९

रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लो समय लगातार जसो अमेरिकी डलरको मूल्य बढीरहेको छ ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । खरिददर पनि १२५ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लो समय लगातार जसो अमेरिकी डलरको मूल्य बढीरहेको छ । डलरसँग भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली रूपैयाँमा देखिन्छ । यसअघि गत बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम भएको थियो । डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्रमा नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले बताएका छन् ।