२१ बैशाख, २०८१ शुक्रबार

08:55:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक बर्षमा २ खर्ब ८१ अर्ब ६१ करोडको पेट्रोलियम पदार्थ आयात

१५ असार, २०७९

चालू आवको ११ महिनामा सबैभन्दा धेरै डिजेल १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपियाँ बराबरको १५ लाख २६ हजार २३२ किलोलिटर आयात भएको छ ।

चालु आर्थिक बर्षमा २ खर्ब ८१ अर्ब ६१ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ  ।  

२०७८ असार ९ मा प्रतिलिटर १२७ रुपियाँ रहेको पेट्रोलको मूल्य २०७९ असार ५ मा आइपुग्दा बढेर  हालसम्मकै उच्च प्रतिलिटर १९९ रुपियाँसम्म पुगेको थियो । गत वर्षको सोही अवधिमा ११० रुपियाँ प्रतिलिटर रहेको डिजेलको मूल्य असार ५ गतेसम्म आइपुग्दा १९२ रुपियाँ पुगेको थियो ।

मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि गत शनिबार कर कटौती गर्ने गरी सरकारले पेट्रोल लिटरमा प्रतिलिटर २० रुपियाँ र डिजेलमा २९ रुपियाँ घटाइएको थियो । हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपियाँ र डिजेल प्रतिलिटर १६३ रुपियाँ कायम छ । एक वर्षकै अवधिमा डिजेल लिटरमा ८२ र पेट्रोल ७२ रुपियाँ मूल्य बढेको छ ।

बढ्दो सवारीसाधनको प्रयोग र विकास निर्माणको कामले गर्दा डिजेल पेट्रोलको खपत १० प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ  । यातायात व्यवस्था विभागका अनुसार हाल मुलुकभर  करिब ४० लाख सवारीसाधन रहेका छन् । 

निगमका अनुसार चालू आर्थिक बर्षको साउनदेखि जेठ महिनासम्म दुई खर्ब ८१ अर्ब ६१ करोड  रुपियाँ बराबरको २७ लाख ९२ हजार ४२७ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास हवाई इन्धन, ग्यास) आयात भएको छ । 

कुल आयातमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशत रहेको छ । गत आर्थिक बषर््मा १ नेपालमा खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेकाले झन्डै दोब्बर रकमको आयात भएको हो । 

चालू आवको ११ महिनामा सबैभन्दा धेरै डिजेल १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपियाँ बराबरको १५ लाख २६ हजार २३२ किलोलिटर आयात भएको छ । 

यस्तै ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपियाँ बराबरको छ लाख ४७ हजार ११० किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै सो अवधिमा ५९ अर्ब १६ करोड  ६४ लाख सात हजार रुपियाँ बराबरको चार लाख ६६ हजार  ९७१ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । 

यस्तै १४ अर्ब ३४ करोड ७८ लाख एक हजार रुपियाँ बराबरका एक हजार ९७० किलोलिटर मट्टितेल र १२ अर्ब ८८ करोड २८ लाख ११ हजार रुपियाँ बराबरको एक लाख  ३७  हजार  १४४  किलोलिटर  हवाई  इन्धन  आयात भएको छ ।