२५ बैशाख, २०८१ मंगलबार

08:29:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्वतारोहण संघले माग्यो थप १७५ हिमालको व्यवस्थापन, पर्वतारोहण पर्यटन विकास गर्ने योजना

Nepal Business

१४ असार, २०७९

सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गर्नुभयो ।

पर्वतारोहण संघले माग्यो थप १७५ हिमालको व्यवस्थापन, पर्वतारोहण पर्यटन विकास गर्ने योजना

काठमाडौँ,
नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ ।

 सङ्घले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी उक्त माग गरेको हो ।  

सङ्घले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी उक्त माग गरेको हो । 

सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गर्नुभयो । 

सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको सङ्घका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सङ्घले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ । 

सङ्घले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत सङ्घ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन । 

यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न सङ्घले प्रधानमन्त्रीसमक्ष माग गरेको छ । सङ्घले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ ।