१९ माघ, २०८१ शनिबार
06:33:33 PM
१४ असार, २०७९
तीनै तहका नियामक निकायका जिम्मेवारीलाई प्रभावकारी बनाउने निर्णय गरेको विभागका निर्देशक हरि पङ्गेनीले जानकारी दिनुभयो ।
काठमाडौँ,
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्डलगायतका अनुगमनसम्बन्धी कामकारबाहीलाई अझ प्रभावकारी र नतिजामुखी बनाई उपभोक्ताको हकहित संरक्षण गर्न तथा स्वच्छ बजार प्रवद्र्धन गर्ने निर्णय गरेको छ ।
उपभोक्ता हकहित संरक्षण हेर्ने मन्त्रालय/निर्देशनालय/कार्यालय र सबै स्थानीय सरकारले समन्वय गरी एकै समयमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूूको उपस्थितिमा मंगलबार बसेको बैठकले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानूनबमोजिम तीनवटै तहका सरकार सम्बद्ध बजार अनुगमन तथा नियामक नियकायबीच उचित समन्वय तथा तीनै तहका नियामक निकायका जिम्मेवारीलाई प्रभावकारी बनाउने निर्णय गरेको विभागका निर्देशक हरि पङ्गेनीले जानकारी दिनुभयो ।
बैठकले विभाग, सम्बन्धित सबै नियामक निकाय, सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेश सरकारअन्तर्गतका उपभोक्ता हकहित संरक्षण हेर्ने मन्त्रालय/निर्देशनालय/कार्यालय र सबै स्थानीय सरकारले समन्वय गरी एकै समयमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरेको छ ।