२१ बैशाख, २०८१ शुक्रबार

02:30:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्यो मोटरसाइकल र स्कुटरको आयात, ११ महिनामा २५ अर्ब ५९ करोड बढी नेपाल भित्रिए

१४ असार, २०७९

घट्यो मोटरसाइकल र स्कुटरको आयात, ११ महिनामा २५ अर्ब ५९ करोड बढी नेपाल भित्रिए

काठमाडौं । नेपालमा पेट्रोलियमबाट चल्ने मोटरसाइकल र स्कुटरको आयात घटेको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि नेपालमा पेट्रोलियमबाट चल्ने मोटरसाइकल र स्कुटरको आयात घटेको हो । चालु आर्थिक वर्षमा पेट्रोलियमबाट चल्ने मोटरसाइकल र स्कुटरको आयात २०.३४ प्रतिशतले घटेको छ । 

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो ११ महिनामा (साउनदेखि जेठ ) सम्म नेपालमा २५ अर्ब ५९ करोड ८१ लाख मूल्यको मोटरसाइकल भित्रिएको छ ।
 
यो अवधिमा कुल २ लाख ५७ हजार ६३६ हजार वटा मोटरसाइकल आयात भएको छ । यसअवधिमा मोटरसाइकल आयातबाट सरकारले २५ अर्ब ३२ करोड ८४ लाख भन्सार राजस्व संकलन गरेको छ ।

गत वर्ष साहीअवधिमा ३ लाख २३ हजार ४६० मोटरसाइल आयात भएको थियो । गत वर्षको ११ महिनामा ३० अर्ब ३ करोड ३४ लाख मूल्यको मोटरसाइकल आयात हुँदा सरकारले ३० अर्ब ५० करोड १ लाख भन्सार राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा १२५ सीसीसम्मका १ लाख ६३ हजार ९ सय २४ मोटरसाइकल आयात भएको छ । त्यसैगरी १२५ देखि २०० सीसीसम्मका ६७ हजार ७०८ वटा मोटरसाइकल आयात भएको तथ्यांकमा उल्लेख छ । २०० देखि २५० सीसीम्मका १९ हजार २९२ वटा मोटरसाइकल आयात भएको विभागको तथ्यांकमा देखिन्छ ।

भन्सार विभागको अनुसार २५० देखि ४०० सीसीसम्मका ६ हजार ७०७ वटा मोटरसाइकल नेपाल भित्रिएका छन् । ४०० देखि ८०० सीसीसम्मका ४ र ८०० सीसीभन्दा बढीको एउटा बाइक नेपाल आयात भएको छ ।