१९ माघ, २०८१ शनिबार

06:46:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनचाँदी व्यवसाय सम्बन्धी कानून बनाउन महासंघको माग

१४ असार, २०७९

सुनचाँदी व्यवसाय सम्बन्धी कानून बनाउन महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ ।

मंगलबार महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको भन्दै शिघ्र यस सम्बन्धी कानूनी ब्यवथा गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसहरुसँग भेटगरी शिघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरेको हो । महासंघको प्रतिनिधिमण्डलले कानुनमा समेटिनु पर्ने बिषयहरुका बारेमा समेत जानकारी गराएको थियो ।

सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध ब्यवसायी मर्कामा पर्दै आएका छन् । कानून निर्माणका लागि ब्यवसायीका तर्फबाट बारम्बार सम्वन्धित निकायको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ ।