७ मंसिर, २०८१ शुक्रबार
02:00:01 PM
१४ असार, २०७९
काठमाडौं । वामदेव गौतमले नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गर्नुभएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उक्त पार्टीको घोषणा गर्नुभएको हो ।
साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।