१९ माघ, २०८१ शनिबार

06:26:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या २२९

१४ असार, २०७९

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या २२९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेका छन् ।