४ जेठ, २०८१ शुक्रबार

07:52:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सबै मौसमका लागि पोखरा : पर्यटन प्रवद्र्धन गर्न हेम्जामा रोपाइँ महोत्सव

Nepal Business

१३ असार, २०७९

२०६१ सालदेखि पोखरा पर्यटन परिषद्ले निरन्तर रुपमा पोखरामा असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ

सबै मौसमका लागि पोखरा : पर्यटन प्रवद्र्धन गर्न हेम्जामा रोपाइँ महोत्सव

काठमाडौँ,
सबै मौसमका लागि पोखरा’ भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ गते हेम्जामा रोपाइँ महोत्सवको हुने भएको छ ।

पोखरा–२५ हेम्जास्थित माई स्थानको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । 

पोखरा–२५ हेम्जास्थित माई स्थानको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । 

अध्यक्ष भट्टराईले कृषि प्रधान देश भनेर चिनिने नेपालका, कृषि, पर्यटन र ऊर्जा मुलुकका विशेष प्राथमिकताभित्र पर्ने क्षेत्र मानिए पनि आर्थिक विकासमा यी क्षेत्रले गति लिन नसकेको जनाउँदै यसको उजागर गरेर पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ, भूउपयोगसम्बन्धी उपयुक्त नीति  र योजना समयमा नै नआएको कारण कृषियोग्य भूमि विभिन्न नाममा अस्तव्यस्त पारिएको छ, यो विषयमा अब सोच्नुपर्छ ।” 

उहाँले पोखरा र यस वरपरका क्षेत्रमा भएका बिरुवा फाँट, कुँडहर फाँट ,हेम्जा फाँट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरू जस्ता धान खेतीयोग्य जमिन दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तीव्र गतिमा भइरहेकाले पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न आवश्यकता रहेको औँल्याउनुभयो । 

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ विगत २०६१ सालदेखि पोखरा पर्यटन परिषद्ले निरन्तर रुपमा पोखरामा असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको परिषद्का उपाध्यक्ष एवम् महोत्सव संयोजक पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।