४ जेठ, २०८१ शुक्रबार

07:35:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

Nepal Business

१३ असार, २०७९

नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

प्रदेश १, 
प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । 

विदेशी मुद्रासमेत आर्जन गर्ने प्रदेश १ कै मुख्य नगदे बालीका रूपमा रहेको चिया क्षेत्रका समस्याहरुप्रति सबै सरोकारवाला गम्भीर भएको जनाएका छन् ।

सोमबार बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

विदेशी मुद्रासमेत आर्जन गर्ने प्रदेश १ कै मुख्य नगदे बालीका रूपमा रहेको चिया क्षेत्रका समस्याहरुप्रति सबै सरोकारवाला गम्भीर भएको जनाएका छन् । 

नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले वार्षिक रु चार अर्बभन्दा बढीको नेपाली चिया विश्व बजारमा निर्यात हुँदै आए पनि सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसकेको गुनासो गर्नुभयो ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले विशेष सुविधा दिनुपर्नेमा यसअघि दिइएका अनुदान पनि कटौती हुदै जानु दुःखद भएको बताउनुभयो ।

ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले चिया क्षेत्रमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नहुँदा श्रमिकको अवस्था दयनीय भएको उहाँको भनाइ छ ।

चिया क्षेत्र बचाउन चिया उद्योगी र किसानलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउँदै ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले उद्योगीका प्रतिनिधिसमक्ष श्रमिकले पेटभर खाएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।