१७ बैशाख, २०८१ सोमबार

04:17:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ लुक्स र फिचरसहित नेपालमा सार्वजनिक हुँदै महिन्द्र स्कर्पियो एन

१३ असार, २०७९

नयाँ लुक्स र फिचरसहित नेपालमा सार्वजनिक हुँदै महिन्द्र स्कर्पियो एन

काठमाडौं । नयाँ लुक्स र फिचरसहित नेपाली बजारमा महिन्द्र स्कर्पियो सार्वजनिक हुने भएको छ । यसअघिनै नेपालमा लोकप्रिय र सफल मानिएको महिन्द्र स्कर्पियोको नयाँ लुक्स र फिचरसहित नेपाली बजारमा सार्वजनिक हुने भएको हो ।

नेपालका लागि महिन्द्रा गाडीको  आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इनकर्पोरेटले महिन्द्राको बहुचर्चित स्कर्पियो मोडलको नयाँ जेनेरेशनको रुपमा उक्त मोडल नेपाली बजारमा ल्याएको हो ।

आज (सोमबार) नेपाल र भारतमा एकैपटक अपग्रेड भर्सनसहित महिन्द्राको बहुप्रतिक्षित स्कर्पियो एन सार्वजनिक हुने भएको हो । यो गाडी नेपालको जुनसुकै बाटोमा सहजै जाने र पर्फमेन्स राम्रो भएको कारण पनि नेपाल र भारतमा सफल मोडलको रुपमा लिइन्छ ।

ब्यापक परिवर्तन गरेर ल्याएको स्कर्पियो एनको इनटेरियमा पनि केहि परिवर्तन गरिएको छ । आज (सोमबार) सार्वजनिक हुने यो गाडीको फिचर र मुल्य बारे कुनै जानकारी दिइएको छैन ।