१९ माघ, २०८१ शनिबार

06:31:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले अमेरिकालाई पठायो एसपीपीमा आबद्ध नहुने निर्णय

१३ असार, २०७९

नेपालले अमेरिकालाई पठायो एसपीपीमा आबद्ध नहुने निर्णय

काठमाडौं । नेपाल सकारलेले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागि नहुने निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाएको बताउनुभएको हो ।

‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो । त्यसपछि मन्त्रिपरिषदले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्यो । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पठाएका छौं’, उहाँले भन्नुभयो ।

असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को बैठकले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी आलोचना भइरहेका बेला सरकारले परराष्ट्रमन्त्रालय मार्फत अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी दिन पत्र पठाएको जनाइएको छ ।