१९ माघ, २०८१ शनिबार

06:43:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले अमेरिकालाई एसपीपीमा आबद्ध नहुने निर्णय पठायो

Nepal Business

१३ असार, २०७९

सरकारले अमेरिकालाई एसपीपीमा आबद्ध नहुने निर्णय पठायो

काठमाण्डौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी दिनुभयो । 

चौतर्फी प्रश्न उठेपछि सरकारले ६ असार २०७९ मा मन्त्रिपरिषदबाटै एसपीपीमा आबद्ध नहुने निर्णय गरको थियो । सोही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने निर्णयको जानकारी गराउने निर्णय पनि गरेको थियो ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने र भ्रमणका क्रममा एसपीपी थप सम्झौता हुने तयारी भएको भन्दै २६ जेठ २०७९ मा प्रतिनिधिसभामा सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रश्न उठाएपछि यो विषयमा बहस सुरु भएको थियो ।

त्यसको केही दिनमा उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय समावेश भएको एसपीपीको १० बुँदे मस्यौदा नै सार्वजनिक भएपछि एसपीपीबारे चौतर्फी प्रश्न उठेको थियो ।