१९ माघ, २०८१ शनिबार

06:28:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, २० संक्रमणमुक्त

१३ असार, २०७९

पछिल्लो २४ घण्टामा थप  ४१ जनामा कोरोना संक्रमण पुष्टि, २० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् ।