७ मंसिर, २०८१ शुक्रबार

02:31:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सैन्य सम्झौता प्रस्तावलाई रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायोः अध्यक्ष नेपाल

Nepal Business

१३ असार, २०७९

गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा

सैन्य सम्झौता प्रस्तावलाई रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायोः अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताउनुभएको छ । 

सोमबार काठमाण्डौंमा पार्टीको केन्द्रीय परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको हो ।

उहाँले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिबादी प्रवृति हावी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गर्नुभयो ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोषा नगरि सवै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिनुभयो । अवको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उहाको भनाई छ ।

उहाँले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।