७ मंसिर, २०८१ शुक्रबार

01:55:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेटको विषयलाई लिएर राजीनामा नदिनेः अर्थमन्त्री जनार्दन शर्मा

Nepal Business

१३ असार, २०७९

बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्छ भन्ने छैन।

बजेटको विषयलाई लिएर राजीनामा नदिनेः अर्थमन्त्री जनार्दन शर्मा
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनु भएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले यो दावी गर्नु भएको हो । 
 
बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्छ भन्ने छैन। मेरो निर्णयमा म जवाफदेही छु, अर्थ मन्त्री शर्माले भने, बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।
 
करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उहाँले यसको विरोध गर्नुको औचित्य नभएको बताउनुभयो । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उहाँले दावी गर्नुभयो । 
 
‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो, अर्थमन्त्री शर्माले भन्नुभयो,  तर घटाउन पाइन्न भन्न पाइदैन र ? । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु राम्रो नभएको शर्माले बताउनुभयो ।
 
बजेटले निर्दिष्ट गरेका लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उहाँले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि बताउनुभयो। बजेट जनता र देशको पक्षमा ल्याएका कारण आफ्नो खेदो खनिएको पनि अर्थ मन्त्रीले दाबी गर्नुभयो ।