ललितपुर । ललितपुर महानगरपालिकाले सुन्दरीघाटमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । करि पाँच वटा घरटहरा रहेको उक्त क्षेत्रको सुकुम्बासी बस्तीमा महानगरले सोमबार डोजर चलाएको हो ।
बस्ती सार्नका लागि समय माग्दा समेत महानगरले समय नदिई एक्कासी डोजर चलाएको पिडित प्रेममाया श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो वडामा गएर बस्ती सार्ने समय दिनु पर्यो भनेर माग गरेका थियौं ।
पटक पटक माग गर्दा समेत समय थपिदिने आश्वासन दिँदै आएका थिए । तर, थप समय नदिई आज एक्कासी बस्तीमा डोजर चलाईयो ।
उहाँले आफ्नो सबै समानमा क्षति पुगेका कारण सरकारले क्षतिपूर्ति दिनु पर्ने माग राख्नुभयो । उहाँले भन्नुभयो, हामी १० वर्षदेखि यहि ठाउँमा बस्दै आएका छौं । हाम्रो बिजोक भयो । हामीलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ ।