१९ माघ, २०८१ शनिबार
06:27:45 PM
१३ असार, २०७९
काठमाण्डौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी तथ्यांक प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास भएको जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विषयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा खानेपानी मन्त्री चौधरीले ७५३ मध्ये यस प्रणालीबाट ८८ पालिकाको एमवास योजना तयार भइसकेका जानकारी दिनुभयो ।
उहाँले उक्त प्रणालीमा तथ्यांक प्रविष्ट भएपछि आवश्यता अनुसार पालिकाले नयाँ योजना निर्माण र पुराना योजना सुधारका विषयमा प्राथमिकीकरण गर्न सकिने जिकिर गर्नुभयो ।
‘एक घर एक धारा’ अवधारणा कार्यान्वयनका सन्दर्भमा सरकार गम्भीर रहेको उहाँको भनाई छ ।
अर्बौ लगानीमा तयार भएका खानेपानीका संरचना उपभोक्ताबाट उठाउनुपर्ने लगानी उठाउन नसक्दा धेरै योजना अलपत्र परेको भन्दै आगामी आर्थिक वर्षमा त्यसलाई सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।
मन्त्री चौधरीले केहि क्षेत्रमा खानेपानी आयोजना कार्यान्वयनमा देखिएका समस्याहरुलाई समाधान गर्न विज्ञहरुको राय लिने काम भइरहेको जानकारी पनि दिनुभयो ।