१९ माघ, २०८१ शनिबार

06:47:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं उपत्यकाका १२ जनामा हैजा पुष्टि

Nepal Business

१३ असार, २०७९

काठमाण्डौं उपत्यकाका १२ जनामा हैजा पुष्टि

काठमाण्डौं । काठमाण्डौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभएको हो । 

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। 

यस्तै असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो ।