१९ माघ, २०८१ शनिबार

06:31:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वायुसेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना परिमार्जन गर्दै

Nepal Business

१३ असार, २०७९

वायुसेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना परिमार्जन गर्दै

काठमाण्डौं । नेपाल वायुसेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ ।

निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताउनुभयो । 

निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजना (२०२१–२०३०) को परिमार्जन गर्ने निर्णय गरेको हो ।

यस्तै निगमले ६४ औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ ।

हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय निगमले गरेको छ । 

निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ ।

निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।