२१ बैशाख, २०८१ शुक्रबार

04:19:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा ३४ अर्ब १५ करोड बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो, ७ अर्ब ६३ करोडको आलु मात्र आयात

१३ असार, २०७९

सोही अवधिमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको छ ।

११ महिनामा ३४ अर्ब १५ करोड बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो, ७ अर्ब ६३ करोडको आलु मात्र आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु भित्रिएको हो ।

उक्त अवधिमा नेपालले ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आलु मात्र आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको हो । विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार पछिल्लो ११ महिनामा ६१ करोड १५ लाख ९ हजार रुपैयाँको ४ करोड ५८ लाख १३ हजार ९३५ केजी गोलभेडा नेपालले आयात गरेको छ।

सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ । विभागको अनुसार ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।

सो अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको विभागले जनाएको छ ।

 सोही अवधिमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको छ ।