७ मंसिर, २०८१ शुक्रबार

02:20:03 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समाजवादीका मन्त्री फेरिए : पर्यटनमा जीवनराम, शहरीमा मेटमणि, स्वास्थ्य भवानीप्रसाद र श्रममा शेरबहादुर

Nepal Business

१२ असार, २०७९

त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) मा हुनुहुन्छ

समाजवादीका मन्त्री फेरिए : पर्यटनमा जीवनराम, शहरीमा मेटमणि, स्वास्थ्य भवानीप्रसाद र श्रममा शेरबहादुर

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज आइतबार हेरफेर गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । 

त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) मा हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा उहाँहरुलाई सहभागी गराइएको हो ।