१९ माघ, २०८१ शनिबार

06:33:57 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुने

Nepal Business

१२ असार, २०७९

उहाँले प्राकृतिक स्रोतका रूपमा रहेको वर्तमान समयमा जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको पनि बताउनुभयो ।

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुने

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आइतबार शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन गर्न राज्यले विभिन्न संवैधानिक, नीतिगत एवं कानुनी व्यवस्था गर्दै आएको जानकारी गराउनुभयो ।

 उहाँले वनको संरक्षण गरी त्यसको सदुपयोगमार्फत स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने उद्देश्य लिएर सामुदायिक वनको अवधारणा अभ्यासमा आएको केही दशक पूरा भइसकेकाले सामुदायिक वनको अभ्यास आज देशव्यापी रूपमा सफलतापूर्वक लागू भई अन्तर्राष्ट्रिय जगतमा असल अभ्यासको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो । 

उहाँले नेपाली संस्कृतिमा प्रकृतिसँग एकाकार भएर बाँच्ने, वन जङ्गल तथा विशेष प्रकृतिका रुख विरुवा एवं जीवजन्तुको पूजा अर्चना गर्ने लामो परम्परा रहिआएको तथा प्रकृति र मानिसबीच पारस्परिक निर्भरताका कारण व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै समृद्धिको निम्ति वन जङ्गल अति महत्वपूर्ण रहेको बताउनुभाये । 
उहाँले प्राकृतिक स्रोतका रूपमा रहेको वर्तमान समयमा जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको पनि बताउनुभयो ।