७ मंसिर, २०८१ शुक्रबार
01:08:22 PM
१२ असार, २०७९
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार पदबाट राजीनामा दिने हुनुभएको छ । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले आजै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी दिनुभएको हो । मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ ।
नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । त्यसका लागि नयाँ मन्त्रीहरूको नाम पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाई सक्नुभएको छ । तर प्रधानमन्त्री देउवाले अहिले मन्त्री हेरफेर नगर्ने बताउनुभएको थियो ।