१९ माघ, २०८१ शनिबार
06:35:56 PM
१२ असार, २०७९
काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ ।
पछिल्लो समय नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको महाशाखाले जनाएको छ । पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।
तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ । यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।